दाउन्नेमा सडक भासिएपछी एकतर्फी मात्रै सञ्चालन / भोली मात्रै मर्मत गरिने

दाउन्नेमा सडक भासिएपछी एकतर्फी मात्रै सञ्चालन /  भोली मात्रै मर्मत गरिने

कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा सडक भासिँदा सडक एकतर्फी रुपमा मात्रै सञ्चालन भएको छ ।
सोमबार अपराह्न साढे चार बजेतिरको समयमा विनयी त्रिवेणी गाउँपालिका – २ स्थित दाउन्नेमा सडक भासिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
वर्षाका कारणका सडकको माटो गलेर सडक भासिएको हो । केही समय अघि भासिएर दुई घरमा समेत क्षती पुगेको थियो । सोही ठाउँमा आज पनि भासिएको पौडेलले बताउनुभयो ।


आज सडक पूर्ण रुपमा सञ्चालनमा आउन नसक्ने भोलि मात्रै काम हुने पौडेलले जानकारी दिनुभयो ।
जेसिबीले काम गर्ने कुरा भएको भए पनि वर्षा नरोकिएको कारण आज काम गर्दा थप समस्या हुन सक्ने इन्जिनियरबाट कुरा आएपछि काम सुरु नगरिएको, भोलि मात्रै मर्मत काम सुरु गरिने पौडेलले बताउनुभएको छ । भोलि सवारीलाई केही समय रोकेर मात्रै काम गर्ने सल्लाह भएको उहाँले जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस