यातायात व्यवस्था सेवा कार्यालयद्वारा २० करोड बढी राजस्व सङ्कलन

  • नवलपुर आज
  • २०८१ श्रावण २८, सोमबार (८ महिना अघि)
  • ३७५ पटक पढिएको
यातायात व्यवस्था सेवा कार्यालयद्वारा २० करोड बढी राजस्व सङ्कलन

नवलपरासी,पश्चिम् ।  पश्चिम नवलपरासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत असार महिनामा मात्रै १ करोड २६ लाख ५० हजार ७ सय ९० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।सेवा कार्यालय खुलेको छोटो समयमै अघिल्लो आबको तुलनामा दोब्बर भन्दा बढी राजश्व सङ्कलन गर्न कार्यालय सफल भएको हो ।

यातायात व्यवस्था कार्यालयले सबै भन्दा धेरै सवारी साधन करबाट राजस्व सङ्कलन गरेको छ । सवारी साधन करबापत १५ करोड ४ हजार ७ सय ५१ रुपैयाँ, सवारी चालक अनुमति पत्र २ करोड ७७ लाख १७ हजार रुपैयाँ, सवारी नवीकरणबाट १ करोड ६४ लाख ४३ हजार ७ सय रुपैयाँ, यातायात क्षेत्रको आम्दानी पटके तथा विविधबाट ४० लाख ६७ हजार २ सय ९० रुपैयाँ, आयकरबाट ५५ लाख ७४ हजार ४ सय १५ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मुक्ती प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०७९/८० मा १२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयले यश बर्ष करिब ८ करोड रुपैयाँ वृद्धि भएको पाण्डेले बताउनु भयो । ” अघिल्लो बर्ष १२ करोड सङ्कलन भएको थियो । अहिले २० करोड भन्दा बढी छ । हामीले करिब ६६ प्रतिशतको हाराहारीमा यस कार्यालयबाट राजस्व सङ्कलनमा वृद्धि गरेका छौ ।” पाण्डेले भन्नू भयो ।

आर्थिक बर्ष २०७८/७९ देखि यातायात व्यवस्था सेवा कार्यालय परासीमा खुलेसँगै कार्यालयले राजस्व सङ्कलनमा निरन्तर वृद्धि भइरहेको छ । सेवा कार्यालयबाट नवलपरासीका सातै पालिका र रुपन्देहीका केही नागरिकलाई सेवा लिन सहज भएको छ ।  रेडियो नेपाल

ताजा अपडेट

खोजी गर्नुहोस