कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाले आजबाट शव वाहन सञ्चालनमा ल्याइएको छ ।
नगर प्रमुख भिमलाल अधिकारीले शव वाहनको साँचो चालकलाई हस्तान्तरण गरेर आजबाट सञ्चालनमा ल्याइएको हो ।
नगरपालिका भित्रका नागरिकहरूको मृत्यु हुँदा घरबाट स्थानीय दाहसंस्कार स्थलसम्म अन्तिम यात्रामा निशुल्क रुपमा शव वाहन उपलब्ध गराउने उद्देश्यले शव वाहन सञ्चालन ल्याइएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।
शव वाहन स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा नगर प्रहरी र स्वास्थ्य शाखाको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने अधिकारीले जानकारी दिनुभयो । पालिकावासीको सुख मात्रै होइन दुखमा पनि पालिका संगै छ भन्ने भावना सहित मध्यविन्दुले मानवीय सेवाको कामलाई थालनी गरेको अधिकारीले बताउनुभयो ।
शव वाहन सञ्चालनका लागि पालिकाले कार्यविधि बनाएको छ । सोही कार्यविधि बमोजिम शव वाहन सञ्चालन हुने छ ।
शव वाहनको आवश्यकता परेमा चालकको सम्पर्क नं। ९७६६६२४००० , नगरप्रहरी इन्चार्ज ९७६६६२४०४० वा स्वास्थ्य शाखाको ९८४७०४१६४१ म सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ ।