नवलपुरमा नयाँ उद्योग व्यवसाय खुल्ने क्रम घट्यो,बन्द गर्ने बढे

नवलपुरमा नयाँ उद्योग व्यवसाय खुल्ने क्रम घट्यो,बन्द गर्ने बढे

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा नयाँ उद्योग व्यवसाय खुल्ने क्रम घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्क अनुसार जिल्लामा नयाँ उद्योग व्यवसाय संचालन गर्ने क्रम आर्थिक वर्ष २०७९÷८० भन्दा घटेको हो ।
नवलपुरमा गत आर्थिक वर्षमा जम्मा २ सय ६ वटा नयाँ उद्योग संचालनका लागि दर्ता भएका छन् । कृषि, पर्यटन,पशुपालन, सेवामुलक , उत्पादन मूलक उद्योगहरू गत वर्ष जम्मा २ सय ६ वटा पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएको । पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रभाकर घिमिरेले बताउनुभयो । आर्थिक वर्ष २०७९÷०८० मा नयाँ उद्योग दर्ताको सङ्ख्या ४ सय ३९ रहेको थियो । यसको तुलनामा गत वर्ष २ सय ३३ वटाले नयाँ उद्योग दर्तामा कमी आएको छ ।
जिल्लामा वाणिज्य तर्फ गत आर्थिक वर्षमा २ सय ९८ वटा नयाँ व्यवसाय थप भएका छन् । यो सङ्ख्या समेत आर्थिक वर्ष २०७९÷०८०को भन्दा कम रहेको छ । आर्थिक वर्ष २०७९÷०८०मा ४ सय ८२ वाणिज्य तर्फ नयाँ व्यवसाय थप भएका थिए ।
नवलपुरमा गत आर्थिक वर्षमा नयाँ उद्योग तथा वाणिज्य दर्तामा कमी मात्र आएको छैन । यस अवधिमा भएका उद्योग तथा वाणिज्य खारेजी हुने क्रम समेत बढेको छ । गत आर्थिक वर्षमा १ सय ४९ उद्योग र २ सय ६ वाणिज्य तर्फका व्यवसाय खारेजी भएका छन् । आर्थिक वर्ष २०७९÷०८० मा ७५ वटा उद्योग र १ सय ७७ वटा वाणिज्य तर्फका व्यवसाय खारेजी भएका थिए ।

गत आर्थिक वर्षको असार मसान्त सम्मको तथ्याङ्क अनुसार नवलपुरमा उद्योगको सङ्ख्या ६ हजार ६९१ पुगेको छ । यस्तै वाणिज्य तर्फ ८ हजार ५०७ गरि कुल १५ हजार १९८ उद्योग तथा वाणिज्य रहेको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस