गैंडाकोटबाट युरिया मल बरामद

गैंडाकोटबाट युरिया मल बरामद

कावासोती । नवलपुरको गैंडाकोटबाट युरीया मल सहित ट्रक नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलका अनुसार गैडाकोट –.२ स्थीत नारायणी पुलको मुख (पूर्व पश्चिम राजमार्ग) मा ट्राफिक सहितको प्रहरी टोलिले सवारी चेक जाँच गर्ने क्रममा भैरहवाबाट हेटौडा तर्फ जादै गरेको बा ३ ख ४२५१ नम्बरको मिनी ट्रकले सिदार्थ राइसमिल तिलोत्तमा – १० रुपन्देहीबाट लक्ष्मी किराना पसल मकवानपुरको लागि लिएर हिडेको १२० बोरा चामलको बिल फेलापरेको र शंकास्पद देखिएकोले ट्रक भित्र चेकजाँच गर्ने क्रममा (प्रत्येक बोरा ४५ केजी गरी जम्मा ६,७०५ केजी) १४९ बोरा युरिया मल फेला परेकोले उक्त ट्रकलाइ नियन्त्रणमा लिइको हो ।
ट्रकका चालक पश्चि नवलपरासी रामग्राम – .७ उजैनी बस्ने २२ वर्षको सुदिप थापा फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइको ट्रकलाई आवश्यक कारवाहीका लाष् िभन्सार कार्यालय त्रिवेणी पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस