कावासोतीको जनकल्याण माविमा एक बिद्यार्थी –एक गमला कार्यक्रम सुरुआत

कावासोतीको जनकल्याण माविमा एक बिद्यार्थी –एक गमला कार्यक्रम सुरुआत

कावासोती ।  कावासोती एक रिठेपानीमा रहेको जनकल्याण माध्यामिक विद्यालयमा एक विद्यार्थी –एक गमला कार्यक्रम सुरुआत गरिएको छ ।
शुक्रबारिय शृङ्खलाको अतिरिक्त कृयाकलाप अन्तरगत रहेको इकोे क्लबद्वारा आज औपचारिक कार्यक्रमको आयोजना गरेर एक विद्यार्थी –एक गमला कार्यक्रम सुरुआत गरिएको छ ।
कावासोती एकका अध्यक्ष तवारक अहमद मियाले गमलामा फूल रोप्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले विद्यालयले रचनात्मक काम सुरु गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले यस कार्यक्रमले विद्यालयको वातावरण हराभरा र रमणीय बनाउन मदत गर्ने बताउनुभयो ।
पहिलो दिन आज एक सय ५० वटा गमलामा विभिन्न प्रजातिका १५ थरि फूलका बिरुवा रोपिएको छ । विद्यालयका कक्षा पाँचभन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरूले एक गमलामा एक बिरुवा रोपेका हुन् ।
विद्यालयलाई हराभरा र सुन्दर बनाउने उद्देश्य अनुसार कार्यक्रम सुरु गरिएको विद्यालयका प्रधानअध्यापक गिरिराज गिरीले बताउनुभयो । विद्यालय एउटा सिकाइ केन्द्र भएको हुँदा अध्ययनसँगसँगै व्यवहारिक सिकाइ पनि विद्यार्थीमा होस् भन्ने उद्देश्य समेत यस कार्यक्रमले लिएको बताउनुभयो । विद्यालयमा हराभरा देखेपछि आफ्नो घरमा पनि विद्यार्थीले फूल रोपुन गोडमेल गरुन् भन्नका लागि पनि यस कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
हाल विद्यालयमा कूल ४३० जना विद्यार्थी रहेका छन् । कार्यक्रम इको क्लबका संयोजक पार्वती श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस